Comments Add Comment

‘एक्सन लेडी’ शिल्पा


नायिका शिल्पा पोखरेल असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को प्रचारमा व्यस्त छिन् । शिल्पालाई निर्माता छविराज ओझाको ब्यानर बाहिरको चलचित्रमा चल्न नसकेको आरोप पनि लाग्दै आएको छ ।

यसैले पनि शिल्पा बाहिरी ब्यानरका चलचित्रका लागि पनि उत्तिकै मिहिनेत गरिरहेकी छिन् । म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी शिल्पाको फेसन सेन्स सामान्य छ । उनी, सार्वजनिक कार्यक्रममा पनि बोल्ड पहिरनमा खासै रुची राख्दिनन् । चलचित्रमा पनि शिल्पालाई दर्शकले साधारण पहिरनमा नै देख्दै आएका छन् ।

शिल्पा र पृथ्वीराज प्रसाइसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

शिल्पालाई प्रेमकथामा बनेका चलचित्र भन्दा पनि एक्सन कथामा बनेका चलचित्रमा बढी सुहाएको छ । नेपाली चलचित्रमा कमै मात्र ‘एक्सन लेडी’हरु छन् । थोरैको सूचीमा यी नायिकाको नाम अगाडि आउँछ । शिल्पा भने आफूले हरेक किसिमको भूमिका गर्दै आएको बताउँछिन् ।

तस्बिर शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment