Comments Add Comment

एक खेलाडीमा टिकेको तीन देशको विश्वकप यात्रा

काठमाडौं । विश्वकप फुटबलको रोमाञ्चकता नजिकै आइसकेको छ । विश्व फुटबल र त्यसका अनुयायी फेरि एकै ठाउँमा आइपुगेका छन् ।

विश्वका राम्रा खेलाडीहरुलाई एउटै मैदानमा खेलिरहेको हेर्न समर्थकहरु आतुर छन् । ब्राजिल, प|mान्स, जर्मनी, स्पेन जस्ता उत्कृष्ट खेलाडीहरु रहेको टिम धेरैको रोजाइँमा छन् ।

केही टिम यस्ता छन् जसमा स्टार खेलाडीको आधारमा फुटबलप्रेमीहरु समर्थनमा छन् । ती टिमको पूरै खेल एक स्टार खेलाडीमा निर्भर हुनेछ । उसले कस्तो खेल्छ त्यसमा नै टिमको नतिजा भर पर्ने छ ।

पोर्चुगल

स्टार खेलाडी र उनीहरुको टिमको कुरा गर्दा पहिलो नम्बरमा आउने नाम हो, पोर्चुगल र क्रिष्टियानो रोनाल्डो ।

पोर्चुगल भन्ने वित्तिकै आउने नाम हो रोनाल्डो । क्लब प्रतिस्पर्धामा सबैजसो उपाधि उचालिसकेका ३३ वर्षे रोनाल्डोको यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ । यसैले उनको ध्यान रसिया विश्वकपमा टिकेको छ ।

युरोपियन च्याम्पियन पोर्चुगलमा राम्रा खेलाडीहरु त छन् तर, पूरा आश रियल मडि्रडका स्टार रोनाल्डोमा टिकेको छ । बितेको १० वर्षमा उनले विश्व फुटबलमा जति गरेका छन् त्यसकै निरन्तरता विश्वकपमा आश गरिएको छ ।

सन् २०१६ को युरो कप जित्दा रोनाल्डो पूरा समय मैदानमा थिएनन् । तर, उनले खेलाडीहरुमा जुन उत्साह र जितको भोक सञ्चार गराएका थिए, त्यो निकै उदाहरणीय छ ।

रोनाल्डोले विश्वकपमा खेलेका १३ खेलमा तीन गोल गरेका छन् । दुई गोलका लागि अवसर सिर्जना गरेका छन् ।

२००६ को विश्वकपमा रोनाल्डोसहितको पोर्चुगल फ्रान्ससँग सेमिफाइनलमा १-० ले हारेको थियो । २०१० मा अन्तिम १६ को खेलमा स्पेनसँग १-० ले हार्‍यो । सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । रोनाल्डोले राष्ट्रिय टिमबाट खेलेका १ सय ४९ खेलमा ८१ गोल गरेका छन् । पोर्चुगललाई विश्वकपमा अघि लैजान रोनाल्डोकै खेल महत्वपूर्ण रहने छ ।

इजिप्ट

फुटबल बुझ्ने विश्वभरका समर्थकमाझ रसिया विश्वकपमा छाइरहेको नयाँ देश हो, इजिप्ट छाइरहेको छ । त्यसको एक मात्र कारण हुन्, स्टार खेलाडी मोहम्मद सलाह ।

इजिप्टका २५ वर्षका मोहम्मद सलाह आधुनिक फुटबलका नयाँ स्टार हुन् । उनको खेल शैली र फुटबल कलासँग विश्वभरका फुटबलप्रेमी परिचित छन् ।

सन् २०१७/१८ मा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट ३६ खेलमा ३२ गोल गरेर उनले आˆनो फुटबल कला प्रमाणित गरेका छन् ।

यो सिजन च्याम्पियन्स लिगमा १० गोल गरेका उनी स्पेनिस क्लब रियल मडि्रडसँगको फाइनलमा घाइते हुन पुगे । विश्वकपसम्म उनी फिट हुने मैदान प्रवेश गर्ने आशा गरिएको छ । रसिया जानुअघि मैदानमै गएर उनी अभ्यासमा समेत सहभागी भएका थिए ।

मोहम्मद सलाहबिना इजिप्ट टोली अपूरो छ । अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ । त्यसका लागि भरोसाको केन्द्रमा छन् उनै सलाह ।

२०११ बाट इजिप्टको राष्ट्रिय टिममा रहेका सलाहले ५७ खेलमा ३३ गोल गरेका छन् । २००६ देखि २०१० सम्म युथ करिअर इजिप्टकै क्लब एल मोकालुनमा बिताएका उनले २०१० मै एल मोकालुनको मुख्य टिममा स्थान बनाएका थिए । २०१२ मा स्वीस फुटबल क्लब एफसी बसेल गएका उनी २०१४ देखि २०१६ सम्म इंग्लिस क्लब चेल्सीमा रहे । चेल्सीमा दुई वर्ष रहँदा जम्मा १३ खेल खेल्न पाएका उनी त्यसबीचमा लोनमा इटालियन क्लब फिनोनटिना र रोमामा पनि रहे ।

२०१६/१७ मा रोमामै रहेका उनी २०१७/१८ मा इंग्लिस क्लब फर्किएका हुन् । इंग्लिस क्लब लिभरपुल आएसँगै विश्व फुटबलमा सलाहको नाम झनै चम्किन थाल्यो । त्यसैले विश्वकपमा हेर्न लायक केही खेलाडीको सूचीमा सलाह प्रमुख छन् ।

डेनमार्क

इंग्लिस क्लब टोटनहृयामबाट व्यावसायिक फुटबल खेल्ने क्रिष्टियन इरिकसन डेनमार्क टिमका आश गरिएका खेलाडी हुन् ।

डेनमार्कका धेरैजसो खेलाडी युरोपमा चलेका लिग फुटबलमा आबद्ध छन्, यस्तोमा पनि इरिकसनमाथि टिमको निर्भरता ठूलो छ । इरिकसनले १८ वर्षकै उमेरमा सन् २०१० को विश्वकपमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । त्यसयता उनले डेनमार्कका लागि ७७ खेलमा २१ गोल गरेका छन् ।

विश्वकप छनोटका खेलमा पनि गोल गर्न र गोलका अवसर सिर्जना गर्न महत्वपूर्ण बनेका इरिकसनकै खेलमा रसिया विश्वकपमा डेनमार्कको भविष्य आँकलन हुने फुटबल विश्लेषक बताउँछन् । छनोट चरणमा पनि उनले ८ खेलमा ११ गरेका थिए ।

प्रशिक्षक एज हराइडले पनि आफ्नो टिममा सबै राम्रा खेलाडी रहे पनि इरिकसनले खेलले ठूलो महत्व राख्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment