सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

पार्टी एकता पाप पखाल्ने सुनौलो अवसर : प्रचण्ड

Suzuki
सुवास पण्डित

३० जेठ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् ।

पाप पखाल्ने बिम्बलाई महासागरमा गएर नुहाएपछि पाप पखालिन्छ भन्ने जनश्रुतिसँग लगेर जोडे । साविकको माओवादी पार्टी कार्यालय भरतपुर कृष्णपुरमा विहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकताको महासागरमा पौडिएर विगतका गल्ती-पाप पखाल्ने सुनौलो अवसर आएको बताए ।

‘विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ’ नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’

पार्टी एकीकरणलाई अवसरको रुपमा लिँदै नयाँ पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने उनले बताए । विगतमा दुवै पार्टीमा गुटबन्दी, अन्र्तघात सवै भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं,

व्यक्तिगत स्वार्थका लागि मरिमेट्ने चिन्तन पनि हामीसँग छ, यसले न पार्टीको भलो गर्छ न देश र जनताको ।’

अध्यक्ष दाहालले राष्ट्रलाई समाजवादतर्फ लैजान एकतावद्ध भएर काम गर्नुको विकल्प नभएको बताए । जनताले दुई कम्युनिस्ट पार्टी एक भयो भन्दैमा छुट नदिने भन्दै राम्रो काम गरे मात्रै जनताको साथ पाउने अध्यक्ष प्रचण्डले बताए ।

२०७५ जेठ ३० गते २०:४४ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • up लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १३:५६

    Yekikran pap pakhalna hoina tar Desh ko luteko sampati jogauna ra 17000 nepali lai mareko sajaya bat mukti pauna gareka hau.
    Laj chhaina Chhabi Lal pap ta timro 1000 juni ma pani pakahlindaina.
    Nepali janata le kura nabujher matra ho.Kura bujhe timro patta saf.

    16
    0
    Share

  • Binod लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १४:३२

    पाप त गरेकै हौ प्रचण्ड । चन्दा नदिनेलाई भिरबाट गुल्टाएर मार्यौ, इसाई मिसिनरीको पैसा खाएर हिन्दु धर्म गुरुलाई गोलीले उडायौ, मन्दिरमा गाईको आन्द्रा झुन्डाएर सम्पूर्ण हिन्दुमाथि अपमान गरि दाता युरोपियन मिसिनरीलाई खुसि बनायौ । जति सक्छौ पाप पखाल..
    Copy

    25
    3
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:११

    त्यत्रो जघन्य पाप पखाल्दा पखालिने, कुचो सेउला ले झर्दा झर्ने हुन्च्च र ?
    जघन्य पापको त् प्रयस्चित गर्नु पर्छ – यसरी:
    १ पिडितलाइ उचित क्षतिपूर्ति र पिडितहरु उचित पुर्नउत्थान, पुनरनिर्माण गरेर
    २ पिडितबाट क्षमादान लिएर त्यो पनि उनको मन जितेर
    ३ देश र जनताको पक्षमा इमान्दर भै राम्रो काम गरेर
    ४ आगामी दिन यस्ता कु कर्म नहुने बाताबरण बनाएर
    ५ आफ्ना गतिबिधि सबै पारदर्शी राखेर , अहमता त्यागेर , सरल बिनम्रि भएर प्रयस्चित गर्नु पर्छ

    16
    2
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:१६

    ढिलै भएपनि जे होस् तपाइंले तपाईको पालाको पाप को त् कुरा निकाल्नु भयो कामरेड , हाम्रो झापाको २०२७ – २०२८ सालको त्यत्रो निर्दोष गांउले काट्ने पापको कल्ले प्रयस्चित गर्छ ?

    10
    4
    Share

  • sagar लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:२३

    finally you accepted it.

    11
    0
    Share

  • Shanta लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:३७

    ‘विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ’ नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’
    What’s shame.
    bolna najaneko ki badi boleko?
    kuro bujhiyena

    9
    4
    Share

  • Padma लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते २१:१४

    It seems in the core of his heart Prachanda realizes he has committed heinous sin..

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this