+
+
Shares

पार्टी छाडेर गएकाहरुलाई घर फर्कन बाबुरामको आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३० गते १८:४४

३० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर र्फकन आहृवान गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक भट्राईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गरेका हुन् ।

कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टीलाई अघि बढाउने दाबी समेत गरे ।

आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको, अरु सबै पार्टी यथास्थितिवादी भएको उनको दाबी छ ।

कार्यक्रममा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?