Comments Add Comment

कर्णालीको सबै ठेक्का त डोल्पाले पाएछ !

३१ जेठ, काठमाडौं । धनबहादुर बुढा डोल्पाका ठेकदार सांसद हुन् । केपी शर्मा ओली सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनेका छन् ।

राज्यमन्त्री भएपछि उनले कर्णालीकै ठेक्का पारेको टिप्पणि सांसदहरुले गरेका छन् ।

खासगरी पर्यटन मन्त्रालयको बजेटमा ५७ वटा कार्यक्रम कर्णालीको परेको छ । तर, त्यसमध्ये ४४ वटा डोल्पाको मात्र परेपद्धि सत्तारुढ सांसदहरु नै रुष्ट बनेका छन् ।

बिहीबार मन्त्रायको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपालबहादुर बमले आफ्नो मनोदशा सुनाउँदै भने, ‘भनौं भने आफ्नो पार्टीकै सरकार छ, नभनौैं भने केही छैन । शुन्यशुन्यै छ ।’

मन्त्रालयको बजेटमा कर्णाली ६ पन्ना रहेको तर, ५ पन्ना डोल्पाले पाएको उनको गुनासो छ । उनले अघि भने, ‘पर्यटन मन्त्रालयको बजेट त कर्णालीमय भएछ धेरैले भन्नुभयो । तर, कर्णालीको ठेक्का त डोल्पाले पाएछ ।’

आफूले डोल्पाको विकासको विरोध नगरेको तर, समुचित विनियोजन हुनु पर्ने माग राखेको बताए ।

अर्का सांसद मोहन बानियाँले ‘भनुँ भने घरकै बुहारी्, नभनौं भने भ्रष्ट पारी’ भन्ने अवस्था रहेको बताए । मुगु जान नसक्ने अवस्था आएको उनले बताए ।

उनले यो बजेट नसच्याउने हो भने एक्लै भएपनि संसद अरुवद्ध गर्ने चेतावनी दिए ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले मान्छे किन मन्त्री हुन मरिहत्ते गर्छन् भन्ने बल्ल थाहा भएको बताए । डोटीका सांसद प्रेम आलेले कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै कर्णालीको नाममा जमिनदारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment