Comments Add Comment

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका

दुई वर्षअघिका सम्झौता कार्यन्वयन मुख्य एजेण्डा,केही नयाँ सम्झौता हुने

३१ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा करीव एक दर्जन सम्झौतामा हस्ताक्षर हुने भएको छ । अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुवै देशका निजी क्षेत्रका परियोजनामा पनि यहि भ्रमणका क्रममा सम्झौता हुने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका ऐतिहासिक सम्झौताहरुको कार्यन्वयन पक्षमा छलफल हुने बताए । यो भ्रमण बिगतको सहमति कार्यन्वयनमाकेन्दि्रत हुने उनले जानकारी दिए ।

ज्ञवालीले भने-सिमापार विद्युत प्रसारण लाइनको सम्झौता हुनेछ । रेलवे र उर्जासँग सम्बन्धित महत्वपूर्ण सम्झौता हुनेछन् । पुननिर्माणको क्षेत्रमा चीनिया सहयोगको द्धिपक्षीय समझदारीमा हस्ताक्षर हुने सम्भावना छ । त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ ।

यसका साथै रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुलको समझदारीपत्रमा हस्ताक्षर हुने ज्ञवालीले बताए । ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने भनिए पनि यो भ्रमणमा सम्भव नभए पछि गरिने मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्रीको भ्रमणकै क्रममा निजी क्षेत्रबीच पनि ऊर्जा र कृषिक्षेत्रको विकासमा सम्झौता हुने भएको छ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआइजी कम्पनीबीच मर्स्याङ्दीका बिभिन्न स्थानमा गरि एक हजार मेगवाट विद्युत उत्पादन गर्ने सम्झदारीमा हस्ताषर हुने भएको छ ।

यो भ्रमणका क्रममा नेपालका सातै प्रदेशमा आपतकालिन प्रकोप उद्दार संयन्त्र निर्माणका लागि चीनसँग सम्झौता हुने सम्भावना छ । यद्यपी यसको टुंगो लागिसकेको छैन ।

यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल असार ५ गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछ । सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

असार ६ गते त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुनेछ । नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटीबीचको छलफलपछि सोही दिन उर्जा र कृषि सम्बमन्धित निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।

असार ७ गते प्रधानमन्त्रीले महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौताहरुमा हस्ताक्षरपछि पत्रकार सम्मेलन हुनेछ । सोही दिन राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।

असार ८ गते प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा निस्कने मन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment