+
+
Shares

संखुवासभामा पेस्तोल र १४ राउण्ड गोलीसहित एक जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते १६:०२

३१ जेठ, संखुवासभा । संखसवासभाको खाँदबारी–३, मानेभञ्ज्याङमा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिलिचोङ–५, याफु घर भइ हाल खाँदबारी–३ मा बस्दै आएका ३५ वर्षीय केदार राई छन् ।

गएराित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई एउटा अटोमेटिक पेस्तोल, दुई वटा म्यागजिन र १४ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

राईलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको संखुवासभाका प्रहरी प्रमुख नायब उपरीक्षक श्याम सारु मगरले बताए । – भबिन कार्कीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?