+
+
Shares

एडीबीको बैकल्पिक निर्देशकबाट पूर्व मुख्यसचिव सुवेदी फिर्ता, पुडासैनीलाई पठाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते २१:०३

३१ जेठ, काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी)का बैंकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ । उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने मन्त्रिपरिषद्को निर्णय छ ।

बिहीबार बसेको बैठकले पूर्वमुख्य सचिव समेत रहेका सुवेदीलाई फिर्ता बोलाएको हो । उनी एडीबीका उपकार्यकारी निर्देशक हुन मुख्य सचिव पद छाडेर गएका थिए ।

उनको मुख्यसचिव कार्यकाल २० साउन २०७५ सम्म थियो । तर, एडीबीको जागिरका लागि मुख्यसचिव पद अतिरिक्त समूहमा राखेर मनिला गएका थिए । यसको सर्बत्र आलोचना भएपछि सुवेदीले मुख्यसचिव पदबाट राजीनामा दिनु परेको थियो ।

मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिको कार्यकारी निर्देशकमा कवि हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?