Comments Add Comment

पानीजहाजमा नेपाली व्यवसायीको कन्टेनर पनि जलेको पुष्टी


१ असार, काठमाडौं । कोलकाता अाउँदै गर्दा बिहीबार जलेको कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट भएको छ । यो घटनामा कति नेपाली व्यवसायीको कति समान जल्यो भन्ने एकीन भएको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफ्नो एक कन्टेनर मोबाइल पनि जलेको जानकारी दिए ।

नेपालका लागि माइक्रोम्याक्स कम्पनीको मोबाइल राखेर ल्याएको कन्टेनर जल्दा साढे तीन देखि ४ करोड बराबरको क्षति भएको मुरारकाले जानकारी दिए ।

बंगालको सामुन्दि्रक क्षेत्रमा सो आगलागीको घटना भएको थियो । जहाजबाट २२ जना क्रु-मेम्बरलाई सकुशल उद्धार गरिएको थियो । यो जहाजमा ४६४ वटा कन्टेनर थिए ।

‘कोलकाता आउने धेरै जहाजमा नेपाली व्यवसायीको समनान हुनछ । अरु व्यवसायीको पनि कन्टेन परेको हुनसक्छ,’ मुरारकाले भने ।

उनले बीमा नगरी प्रतिपत्रपत्र (एलसी) खोल्न नपाइने भएकाले ठूलो घाटा भने बेहोर्नुनपर्ने बताए ।

‘तर, बीमाको रकम तत्कालै आउँदैन । फेरि समान मगाएर ल्याउन प्रक्रिया पुर्‍याउँदा समय लाग्छ । त्यसले बिजनेसमा असर गर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment