१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक शहर विकास गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
७ औं घर जग्गा मेला २०७५ को शुक्रबार भृकुटी मण्डपममा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेती योग्य जमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नु पर्ने र खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नु पर्ने बताएका हुन् ।
‘ठूला प्लटमा एकै प्रकारको खेती गर्नुपर्दछ’, ओलीले भने, ‘जग्गाको अनावश्यक खण्डिकरण रोक्नु पर्छ ।’ सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना बनाएको बताउँदै ओलीले भने, ‘सरकारले नीति बनाइदिने हो । सहरको निर्माण व्यवसायीले गर्ने हो ।’
सुर्खेत, दाङ र लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । असुक्षितआवासलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिने प्रधानमन्त्री ओलीले बताए ।
अब बस्ती निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने र व्यवस्थित र आधुनिक सहर निर्माण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया 4