Comments Add Comment

मुद्दामा तानिए सलमान खानदेखि उदितनारायणसम्म

पैसा लिएर पनि कन्सर्ट नगरेको आरोप

नेपालमा गत वर्ष आयोजना हुने भनिएको बलिउड नायक सलमान खानको कन्सर्ट अहिलेसम्म हुन सकेको छैन । दुईपटक मिति तय भएर पनि कन्सर्ट स्थगित भएको छ । जबकि सलमान र उनको टिमले एडभान्सका रुपमा करोडौं रकम लगिसकेका छन् ।

ठिक यस्तै केसमा अमेरिकाको एउटा कम्पनीले सलमानसहित थुप्रै सेलिब्रिटीहरुलाई अदालतमा तानेको छ । नेपाली गायक उदितनारायण झा पनि यसमा मुछिएका छन् ।

भाइब्रेन्ट मिडिया ग्रुपले सम्झौता बमोजिम काम नगरेको भनेर सलमानसहित दर्जनौं कलाकारहरुमाथि मुद्दा हालेको हो । सलमान खान, अक्षय कुमार, कट्रिना कैफ, सोनाक्षी सिन्हा, रणवीर सिंह र प्रभू देवा विरुद्ध मुद्दा दायर भएको छ । यसैगरी उदित नारायण झा, अल्का याग्निक र उषा मंगेसकर पनि मुद्दामा तानिएका छन् ।

रिट निवेदनमा उल्लेख भएअनुसार २०१३ मा भाइब्रेन्ट मिडिया ग्रुपले ‘सेलिब्रेटिङ हन्ड्रेड इयर्स अफ इन्डियन सिनेमा’ कन्सर्टका लागि उनीहरुर्लाइ हायर गरेको थियो । यो कन्सर्ट १ सेप्टेम्बर २०१३ मा नै हुनुपर्ने थियो । तर, सलमान खानलाई भारतको अदालतले विदेश जान रोक लगाएपछि कार्यक्रम स्थगित भयो । भाइब्रेन्ट मिडिया ग्रुपले यो शो अगाडि बढाउने निर्णय गरेको थियो, तर कलाकारहरुले मानेनन् ।

ग्रुपका अनुसार पैसा फिर्ता गर्नका लागि सलमान र उनका एजेन्टलाई बारम्बार फोन गर्दा कुनै जवाफ आएन । सलमानलाई कन्सर्टका लागि करिब एक करोड भारु एडभान्स दिइएको थियो । यसैगरी कटि्रना कैफलाई २७ लाख र सोनाक्षी सिन्हालाई २४ लाख दिइएको थियो । उनीहरु कसैले पनि पैसा फिर्ता गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment