+
+
Shares

नेकपामा एउटै बलियो हेडक्वार्टर चाहियो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २ गते २:४५
फाइल फोटो

१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि नेकपालाई बलियो हेडक्वार्टर चाहिएको बताएका छन् ।

कम्युनिस्ट पार्टीभित्र बहु केन्द्रहरु हुँदा बुर्जुवा र कमाइ खाने भाँडोमा रुपान्तरण भएको भन्दै उनले नेकपालाई बलियो हेडक्वार्टर चाहिएको बताएका हुन् ।

‘बुुर्जवा वा पेटी बुर्जवा मेन्टालिटी अलि अराजक, ब्यक्तिवादी र आत्मकेन्द्रित मानसिकताको हुन्छ । कम्युनिस्टहरुको मानसिकता र आदर्श भनेको सामूहकिता नै हो । तर केही समयदेखि सामूहिकता खल्बलिदै गएको छ, बलियो हेडक्वार्टर बनाएर राष्ट्र र वर्गको सेवा गर्ने भन्दा धेरै हेडक्वार्टर बनाउने, एउटै पार्टीभित्र धेरै केन्द्र हुने, बहु केन्द्रको बहु अनुशासन हुने देखिएको छ’ उनले भने ‘यसले कम्युनिस्ट पार्टी थाहै नपाइ बुर्जुवा पार्टी, पेटी बुर्जुवा पार्टी या त्यस्तै त्यस्तै अवसरवादी कमाइ खाने भाँडो बनेको कुरा पनि हामीले आत्मसात गर्न जरुरी छ ।’

उनले अब नेपाल कम्युनिस्ट पार्टीलाई एउटै बलियो हेडक्वार्टर चाहिएको उनले बताए । ‘तर हेडक्वार्टर कसैले बनाइदे भनेर बनाउने होइन, उसको त्याग, तपस्या, योगदान, बलिदान, क्षमता, निष्ठाको आधारमा हुने हो’ प्रचण्डले भने ‘त्यो कम्युसनिस्ट पार्टीका सबै सदस्यको हामी सबैको सामू्रहिक प्रयासबाट बनाउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?