Comments Add Comment

भाइबरले ल्यायो नेपाल एम्बुलेन्स सर्भिस हट-लाइन सर्भिस

१ आसार, काठमाडौं । एनएएसले हरेक एक रोगीका लागि तीव्र रफ्तारको सवारी साधन एवं उपचार प्रति आश्वस्त गराउनकेन्दि्रकृत परिवहन सुविधामार्फत्सुविधासम्पन्न उपकरण र स्टाफहरुको साथमा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

अहिले एनएएसको सेवा लिन चाहनेले नेपाल टेलिकमको मोबाइल वा पिएसटिएन सेवा मार्फत् इमर्जेन्सी नम्बर १०२ मा कल गर्नुपर्ने व्यवस्था रहेको छ । देशमा तीव्र गतिमा विकसित भैरहेको इन्टरनेट र स्मार्टफोनहरुसँगैं अब नेपाल एम्बुलेन्स सर्भिस चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२मा जोडिएको छ ।

अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु व्ा विरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् ।

ूनेपालमा भाइबर प्रयोग गरिरहेका ७० लाखभन्दा बढी प्रयोगकर्ताहरुमाझ आकस्मिक उपचार सेवा आवश्यक पर्दा नभै नहुने भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा हामी अत्यन्त हषिर्त भएका छौं । हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं ।ूभाइबरको दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले भने ।

सोही अवसरमा एनएएसको तर्फबाट अमितले भने ूयो सेवाले हामीलाई अझ धेरैजनाको सम्पर्कमा आउन मद्दत पुग्नेछ, खास गरेर कम मोबाइल नेटवर्क भएका क्षेत्रका विरामीहरुको हकमा । अझ मुख्यतः, हामी एनएएस भाइबरसँगकोसाझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन प्रयासरत रहनेछौं ।ू

नेपाल एम्बुलेन्स सर्भिस एक मुनाफारहित सेवा प्रदायक संस्था हो, जसको स्थापना देशभित्र आकस्मिक उपचार आवश्यक भएकाहरुका लागि तत्काल सेवा प्रदान गर्ने उद्देश्यले भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment