Comments Add Comment

नाइजेरियाका समर्थकलाई कुखुरा ल्याउन प्रतिबन्ध

काठमाडौं । नाइजेरियाली समर्थकहरु आफनो टिमको रंग अनुसार कुखुरा लिएर मैदानमा जान्छन् र सेलिब्रेसन गर्छन् । तर, रुसमा भने यो नपाइने भएको छ ।

रुसी अधिकारीहरुले नाइजेरियाली समर्थकलाई मैदानमा कुखुरा ल्याउन रोक लगाएका छन् ।

समूह डीमा रहेको नाइजेरियाले शनिबार राति क्रोएसियाविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नाइजेरियाका समर्थकहरुले खेल हेर्न आउँदा कुखुरा ल्याउन पाइन्छ कि पाइँदैन भनेर प्रश्न गरेको रुसका पर्यटनमन्त्रीले बताएका छन् ।

मन्त्री आन्द्रेइ इयरम्याकले भने, ‘समर्थकहरुले कुखुरा लिएर मैदान आउने सम्भावनाबारे धेरै सोधेका छन् । यो उनीहरुको प्रतिक हो । सबै खेलमा लैजाने गरेका छन् ।’

तर, रुस विश्वकपमा भने जिवित कुखुरा लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment