Comments Add Comment

सर्बियाको पहिलो जित, कोस्टारिका पराजित

३ असार, काठमाडौं । विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ । प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जितमा निर्णायक बन्यो ।

पाँचौ पटक विश्वकपमा सहभागी कोस्टारिका सर्बियन टिमको तुलनामा सन्तुलित देखिए पनि प्रभाव पार्न सकेन । फिफा वरियतामा २३ औं स्थानमा रहेको कोस्टारिकालाई ३४ औं स्थानमा रहेको सर्बियाले निराश पारिदियो ।

खेलमा ५३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको कोस्टारिकाले प्रहार गरेका १० सटमा ३ सट मात्रै पोस्टको दिशामा थिए । सर्बियाले प्रहार गरेका १० सटमध्ये ३ सट पोस्टको दिशामा थिए ।

समूह ‘ई’ कै दोस्रो खेलमा राति पौने १२ बजे ब्राजिल र स्वीट्जरल्याण्ड खेल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment