Comments Add Comment

मोदीले गरे मुक्तिनाथको प्रचार, योग गरेको फोटो राख्दै लेखे- ‘वन्डरफूल !’

४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि योग अभ्यास गरिएको छ । भिक्षु र स्थानीयबासीले योग गरेर दिवस मनाएका हुन् ।

२१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाउने गरिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गर्दै लेखेका छन्- वन्डरफूल !

पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा २९ वैशाखमा भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन गरेका थिए । मोदीले सोमबार फेरि मुक्तिनाथ मन्दिर अगाडि योग गरेको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । यसबाट नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको थप प्रचार भएको छ ।

नेपालस्थित भारतीय दूतावासको ट्वीटर पेजबाट पनि मुक्तिनाथ मन्दिर अगाडि १२ हजार ५ सय फिटको उचाइमा गरिएको योगको फोटो र भिडियो सेयर गरिएको छ ।

मुक्तिनाथ हिन्दु र वौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । हिन्दुका चार धाममध्ये मुक्तिनाथ र पशुपतिनाथ नेपालमा पर्दछन् भने वदि्रनाथ र केदारनाथ भारतमा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment