+
+
Shares

दिवंगत डा. देवकोटाको शीरमा ढाका टोपी

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ५ गते १०:५३

५ असार, काठमाडौं । दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि न्यूरो अस्पताल, बाँसबारीमा राखिएको छ ।

नेता, सहकर्मी मात्र होइन, सार्वसाधारण पनि डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।

उनको शीरमा नेपाली ढाका टोपी छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

देवटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई पनि अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?