Comments Add Comment

के प्रेममा छिन् शाहरुखकी छोरी ? सार्वजनिक भयो यस्तो तस्वीर


बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ ।

यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए । उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् । यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्वीरको प्रकृति हेर्दा उनीहरुबीच मित्रताभन्दा बढि नै गहिरो सम्वन्ध रहेको भान हुन्छ ।

सुहानाको फ्यान पेजमा यो श्यामश्वेत तस्वीर सार्वजनिक भएको हो । फोटोको क्याप्समा ‘इद मुबारक टु एभि्रवान’ लेखिएको छ । साथै यो कुनै पार्टीमा सुहानाले आफ्नो साथीसँग खिचेको जनाइएको छ । तस्वीरमाथि विभिन्न टिप्पणीहरु आइरहेका छन् । कतिपयले सुहाना प्रेममा परेको हुन सक्ने आशंका गरेका छन् भने धेरैले कुनै पुरुषलाई अंगालो मार्दैमा प्रेम परेको मान्न नसकिने तर्क गरेका छन् । यसमा सुहानाको प्रतिक्रिया भने आएको छैन ।

मुम्बईमा धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा पढेकी सुहाना अहिले लन्डनको आर्डिन्ली कलेजमा पढिरेहकी छन् । यी युवक सोही कलेजका साथी भएको बताइएको छ ।

सुहाना भारतीय मिडियाले अत्यधिक पछ्याइरहेकी स्टार किड्समा पर्छिन् । उनी चाँडै फिल्ममा आउन सक्ने अड्कल पनि काटिएको छ । अभिनयबाहेक उनको रुची खेलकुदमा पनि छ । बाबु शाहरुखले छोरीलाई फिल्म वा खेलकुद जहाँ करिअर बनाउन चाहे पनि आफूले सहयोग गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment