Comments Add Comment

प्रदेश १ मा सभामुखको रुलिङ अवज्ञा, सांसदले मानेनन् ड्रेस कोड

७ असार, विराटनगर । प्रदेश १ का सांसदहरुले सभामुखको रुलिङको अवज्ञा गरेका छन् ।

सभामुख प्रदीप भण्डारीले बैठकमा अनिर्वाय रुपमा डे्रस कोडमा उपस्थित हुन रुलिङ गरेपनि धेरै प्रदेश सांसदले भने ड्रेस कोडको बेवास्था गर्ने गरेका छन् ।

प्रदेश सभाको बैठकलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सभामुख भण्डारीले गएको मंगलबार सभा बैठकको अनिर्वाय डे्रस कोडमा उपस्थित हुन भनेका थिए ।

उनले दोश्रो अधिवेशनको १६ औ सभा बैठकमा संासदहरुलाई सभा बैठकमा खैरो कोट अनिवार्य लगाउन रुलिङ गरेका थिए । त्यसपछिको लगातार बुधबार र बिहीबारको बैठकमा समेत धेरै जसो संासदहरु सभामुख भण्डारीको रुलिङको अवज्ञा गर्दै स्व्ाच्छाचारी रुपमा पोशाक लगाएर प्रदेश सभा बैठकका आउने गरेका छन ।
सभामुखको रुलिङलाई अनिर्वाय रुपमा प्रदेश सांसदहरुले मान्नु पर्ने नियम रहेको छ ।

सत्ताधारी दल नेकपाका संसदीय दलका मुख्य सचेतक बुद्धिकुमार राज भण्डारीसमेत ड्रेस कोडमा रहने गरेका छैनन् । डे्रस कोडमा प्रतिपक्षका संासदहरु भन्दा सत्ताधारी दलका सांसदहरु बढी मात्रमा पोशाकमा देखिने गरेका छैनन् ।

प्रदेश १ का संासदहरुका लागि खैरो कोटलाई डे्रस कोडको रुपमा यसअघि नै अनिर्वाय गरिएको थियो ।

नेकपाका संसदीय दलका मुख्य सचेतक बुद्धिकुमारराज भण्डारीले सभामुख भण्डारीले गरेको रुलिङ आफुले अवहेलना गरेको भन्दापनि सिलाउन दिएको कोट प्राप्त नभएकाले आफु डे्रसकोडमा उपस्थिति हुन नसकेको बताए ।

उनले भने, ‘कोट सिलाउन दिएको एक साता भएको छ, कोट प्राप्त भएको छौन, मेरो बाध्यता छ, कोट प्राप्त भएपछि म अनिर्वाय ड्रेस कोडमा उपस्थित भएको पाउनु हुनेछ। ‘ उनले भने ।

उनले धेरै जसो माननीयहरुको कोट सिलाउन दिएकाले आफुले अनिर्वाय रुपमा माननीयहरुलाई पनि ड्रेस कोडमा उपस्थित हुन हृविप लाउन नसकेको जानकारी दिए । बिहीबारको प्रदेश सभाको बैठकमापनि विनियोजन विधेयकमाथिको छलफल भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुदै प्र्रतिपक्षका संासदहरुले आफुहरुले पेश गरेको योजना समावेश नगरी प्रदेश सरकारले प्रतिपक्षलाई पेलेर गएको गुनासो गरेका थिए ।

विनियोजन विधेयकमाथि संासद नवोदीता चौधरी,शान्तिदेवी पौडेल, पूर्णसिंह राजवशी, अगमलाल चौधरी, लोकप्रसाद संगौला लगायतका संासदहरुको सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment