Comments Add Comment

लुम्बिनीमा कुमार सानुको एकल सांगीतिक कार्यक्रम हुँदै

८ असार, बुटवल । भारतका प्रख्यात गायक कुमार सानुको लुम्बिनीमा एकल सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी भदौ १ गते शुक्रबार इफोर इन्टरटेनमेन्टको आयोजनामा काठमाडौं बाहिर पहिलो पटक कुमार सानुको एकल साँझ हुन लागेको हो ।

कुमार सानु ९० दशकका सर्वाधिक चर्चित तथा रुचाइएका गायक हुन् । उनले हालसम्म २० हजार गीतमा स्वर दिएका छन् । सानुले नेपाली गीत संगीतमा ५ सय भन्दा बढी आवाज भरेका छन् ।

एकल साँझमा सानुले नेपाली र हिन्दी गरी ३० वटा गीत गाउनेछन् भने उनीसंगै नेपाली चर्चित गायिका देबिका बन्दनाले पनि गीत गाउनेछिन् ।

उक्त एकल साँझमा दुई हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको इफोर इन्टटेन्मेन्टका सिईओ दीपक घिमिरेले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए । बुद्ध जन्मस्थल लुम्बिनी आउने कुमार सानुको चाहना रहेकाले त्यसको ब्यबस्था मिलाइएको आयोजकले जनाएका छन् ।
कार्यक्रम डि्रमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ ।

उनले गाउने ३० गीतहरु लाइभ ब्याण्डसहित हुने गायिका देविका बन्दनाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment