Comments Add Comment

सुदर्शन र प्रदिपको मिलनको अर्थ ?


नायक प्रदिप खड्कालाई चलचित्र ‘प्रेमगीत’बाट भित्राउँदै गर्दा निर्देशक सुदर्शन थापा निकै खुशी थिए । किनकी, आर्यन सिग्देललाई चलचित्र क्षेत्रमा स्टार बनाएका सुदर्शन प्रदिपलाई पनि स्टार बनाउने बाटोमा थिए । नभन्दै चलचित्र हिट भयो र प्रदिप स्टार पनि भए ।

तर, चलचित्र रिलिजसँगसँगै प्रदिप र सुदर्शनको सम्बन्धमा ३६ को आँकडा देखियो । उनीहरुविच, पानी वारावारको सम्बन्ध उत्पन्न भयो । सुदर्शन र चलचित्रकी नायिका पूजा शर्मा एउटा बाटोमा लागे भने प्रदिपले चलचित्रका निर्माता सन्तोष सेनको साथ छाडेनन् ।

यसपछि, ‘प्रेमगीत २ र म यस्तो गीत गाउँछु’ जस्ता हिट चलचित्र बने, जसमा प्रदिप र सुदर्शनको साथ देखिएन । करिब ३ बर्षसम्म बोलचाल नै बन्द गरेर बसेका नायक प्रदिप खड्का र नायिका पूजा शर्मा केही समय अगाडि बोले । यी दुइको बोलचाल भएको केही महिनापछि निर्देशक सुदर्शन थापा र प्रदिपको सम्बन्ध पनि सुधारिएको छ ।

अहिले त यी दुई, एक अर्काको खुलेरै प्रशंसा गर्न थालेका छन् । आखिर, सुदर्शन र प्रदिपमा त्यस्तो जादुको छडी कहिले र कहाँ चल्यो जसले गर्दा यी दुइलाई नजिक ल्याइदियो भन्ने कौतुहलता हुनसक्छ ।वुझिएअनुसार, सुदर्शनले प्रदिपलाई एउटा नयाँ चलचित्रका लागि अफर समेत गरेका थिए । जुन, चलचित्रमा प्रदिपले काम गर्ने वा नगर्ने फाइनल भएको छैन । पूजासँग बोलचाल सुरु भएसँगै प्रदिप र सुदर्शनले पनि दुश्मनी भुल्ने बाटो समातेका थिए ।

प्रदिपलाई चलचित्र अफर गर्दै सुदर्शनले पुरानो सम्बन्धलाई तोड्न चाहेको देखिन्छ । तर, यी दुइले चलचित्रमा एकसाथ काम गरेपनि नगरेपनि अब भने यी दुइको सम्बन्ध आरोप प्रत्यारोपबाट मित्रतामा परिणत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment