Comments Add Comment

ओयो इसेवामा आबद्ध, उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने


११ असार, काठमाडौं । होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ ।

यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाइलबाट सहजै स्तरीय होटलको बुकिङ गर्न सक्नेछन् ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयाका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भयो ।

हस्ताक्षर कार्यक्रमपश्चात् इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौं’, अलीले भने ।

यसैगरी, ओयोकाभाइस प्रेसिडेण्टप्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयोको विस्तारका लागि निकै सहज हुने बताए । ‘ओयो र इसेवा दवै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभूतपूर्व सेवा दिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौं ।’

ओयोमार्फत तत्काल काठमाडांै र पोखराका ३५ बढी होटलका ६ सयवटा रूम इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजारभन्दा बढी कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको छ ।

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत ‘क्यास व्याक’ को सुविधा दिइएको छ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त इसेवामा हाल ४६ बैंक सदस्य छन् । सन् २००९ बाट कारोबार शुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथा पोइन्ट) रहेका छन् ।

ओयोले सन् २०१७ मे २४ देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्य गरेको छ । सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमा पनि सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment