+
+
Shares

सुहानीमा ‘फिल्मी ब्लड’ देख्छन् अनमोल

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १२:१८


नेपाली चलचित्रका यूवा स्टार अनमोल केसी नयाँ चलचित्र ‘ए मेरो हजुर ३’ मा नायिका झरना थापाकी छोरी सुहानी थापासँग रोमान्स गर्दैछन् । हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्ने अनमोल सुहानीसँग काम गर्न पाउँदा उत्साहित छन् ।

काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अनमोलले सुहानीसँग काम गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने-‘मैले यसअगाडि चलचित्रमा फिल्मी ब्लडसँग काम गर्न पाएको थिइनँ । पहिलो पटक सुहानीसँग काम गर्दैछु । उनमा फिल्मी ब्लड छ ।’

अनमोलले अगाडि भने-‘झरना आन्टीको छोरी भएको नाताले पनि सुहानी ब्लडमा अभिनय भरिएको छ । पक्कै पनि हाम्रो जोडी जम्नेछ ।’
अनमोलले एकै पटक ३ वटा चलचित्र साइन गर्दा आफू पैसाको पछि नलागेको पनि बताए । उनले भने-‘नेपालमा हत्पत्ति राम्रो कथा नै पाइदैन । यो पटक मलाई लगालग राम्रो कथाको अफर आयो । जसकाकारण मैले यी चलचित्र छाड्न हुँदैन भन्ने सोचेँ ।’

अनमोलले एकैपटक ३ चलचित्र साइन गरे पनि सबै एकसाथ रिलिज नहुने पनि बताए । अनमोलले आफूले साइन गरेको एक चलचित्र हिन्दी भएको पनि खुलाए । तर, सो चलचित्र ए ग्रेडको हिन्दी चलचित्र नभएको अनमोलको स्वीकारोक्ति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?