+
+
Shares

संसदमा आज प्रधानमन्त्री ओलीको संबोधन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १२:५९

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा गर्ने भनेको संबोधन स्थगित भएको छ ।

६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्ने भनिए पनि स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका थिए । तर दिउँसो साढे १ बजे उनको संबोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

सोमबार स‌ंसदमा विनियोजन विधेयकमाथिको छलफल चलिरहेकाले प्रधानमन्त्रीको संबोधन मंगलबार विहान ११ बजे गर्न लागिएको हो ।

चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?