Comments Add Comment

‘पण्डित बाजेको लौरी’मा बदिनी र पण्डितको सम्बन्धको कथा


चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक गरेको छ । टिजरले चर्चा पाएपछि यसको रमाइलो ट्रेलर सार्वजनिक गरिएको हो । दीपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोशलाई समावेश गरिएको छ ।

बादी जातीको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डित्याइ’को कथालाई रोचक तरिकाले चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा कलाकार बिजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’को भूमिकामा देखिएका छन् । बादीले जीवन जीउनका लागि मादल बजाएको र बदेनीले आफ्नो शरीर बेच्ने काम गरेको चलचित्रमा देखाइएको छ ।

तल्लो जात भनेर हेपिएका बदिनी र समाजको ठूलो जात पण्डितविचको सम्बन्धलाई यो चलचित्रले प्रस्तुत गरिएको छ । अधृत फिल्मस् प्रालिको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारि, कुलदिप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर पाण्डेको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ । यो चलचित्र साउन ४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment