Comments Add Comment

प्रतिबन्धबाट जोगिए स्वीट्जरल्याण्डका जाका र साकिरी

काठमाडौं । सर्बियासँगको खेलमा जितपछि खुसी मनाउँदा विवादमा परेर प्रतिबन्धित भएका स्वीट्जरल्याण्डका ग्रेन्ट जाका र जेरदान साकिरी प्रतिबन्धबाट जोगिएका छन् ।

जाका र साकिरीले विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको खेलमा गोल गरेका थिए । त्यसपछि उनीहरुले गरेको ‘सेलिब्रेसन’ विवादित बनेको थियो । शुक्रबार राति भएको खेलमा जाकाले ५२ तथा साकिरीले ९० औं मिनेटमा गोल गरेका थिए ।

उनीहरुका गोलको मद्दतले स्वीट्जरल्याण्डले सर्बियामाथि २-१ को जित निकालेको थियो ।

उनीहरुले गोलको खुसी मनाउँदा आफ्ना दुई हात उठाएर बाजजस्तो बनाएका थिए । जुन अल्बानियाको झण्डामा भएको प्रतीक चिहृन हो ।

उनीहरुले राजनीतिक विरोध जनाउने खालको सेलिब्रेसन गरेको भन्दै फिफाको अनुशासन कमिटिले छानबिन गरेको थियो । छानबिनपछि दुई दुई खेलको प्रतिबन्ध लागेका उनीहरुलाई सोमबार भने फुकुवा गरिएको छ ।

उनीहरुले राजनीतिक नियम र अपमानजनक सन्देश नदिएको फिफाको पछिल्लो ठम्याइ छ । फिफाले उनीहरु दुवैलाई ७ हजार ६ सय ३२ पाउण्ड जरिवाना भने तिराएको छ ।

जाका र साकिरीको सांकेतिक उत्साहले सर्बियमा रहेका बाल्कान्सहरुमा विवाद निम्त्याएको थियो । जसले कोसोभोको स्वतन्त्रता र जातीय अल्बानियनहरुको अस्तित्व स्वीकार गर्दैनन् ।

साकिरी कोसोभोमा जन्मिएका हुन् । जाकाका अभिभावक सर्बियाका अल्बानियन हुन् । जाकाका दाइ ताउलान्त अल्बानियाको राष्ट्रिय टिमबाट खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment