Comments Add Comment

पहिरन प्रमोशनका लागि अनमोलले लिए १५ लाख पारिश्रमिक


नेपाली चलचित्रका चर्चित नायक अनमोल केसी यूवापुस्तामाझ लोकप्रिय छन् । यसैले पनि यूवापुस्तामा आफ्नो सामानको क्रेज बढाउन विभिन्न ब्रान्डहरु उनीसँग जोडिन चाहन्छन् । तर, अनमोलले कमै मात्र ब्रान्डमा काम गरिरहेका छन् ।

उनै, अनमोल केसी अब ‘क्याप्स’ ब्रान्डका लूगाको ब्रान्ड एम्ब्यासडर बनेका छन् । १ बर्षसम्म उनले यो ब्रान्डको प्रमोशन गर्नेछन् । यसका लागि अनमोलले निकै महंगो पारिश्रमिक समेत लिएका छन् । अनमोलले यो ब्रान्ड प्रमोशन गरेवापत १५ लाख रुपैयाँ पारिश्रमिक लिएको वुझिएको छ । यसअघि अनमोलले ‘बेनिली बाइक’को प्रमोशनका लागि ५ लाख नगद पारिश्रमिक र ५ लाख मुल्यको बाइक लिएका थिए ।

अनमोलले १५ लाख पारिश्रमिक लिदै ब्रान्डमा पनि आफू महंगो रहेको छनक दिन खोजेका छन् । ‘क्याप्स’ ब्रान्डको तर्फबाट गौतम वैश्य र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । आकर्षक लुक्सका धनी अनमोलको फ्यान फलोइङ सर्वाधिक भएकाले उनलाई ब्रान्ड एम्ब्यासडर बनाएको गौतमले बताएका छन् ।

यो ब्रान्डका पहिरनहरु काठमाण्डौ, नेपालगञ्ज, पोखरा, बुटवल, विराटनगर, इटहरी, जनकपुर, धरान लगायत देशका ५० स्टोरमा उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताएका छन् ।

यसअघि नायक प्रदिप खड्का ‘नोभेम्बर ब्रान्ड’का पहिरनको ब्रान्ड एम्ब्यासडर बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment