Comments Add Comment

नायिका लुकाउँदै ‘मायाङ्क’को घोषणा, प्रशान्तसँगै ज्योत्सना पर्दामा


चलचित्र ’मायाङ्क’को औपचारिक रुपमा घोषणा गरिएको छ । चलचित्रलाई पूर्ण रुपमा प्रेमकथामा निर्माण गर्ने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्रमा ४ मुख्य पात्र रहेका छन् । तर, पत्रकार सम्मेलनमा भने मुख्य नायिका सार्वजनिक गरिएन । चलचित्रको कथावस्तु नै खुल्ने भएकाले अर्की नायिकाको नाम र उनको भूमिका सार्वजनिक नगरिएको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दैछिन् । रोमी यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछिन् । रोमीले एकदमै मिठो कथामा चलचित्र बन्ने बताइन् । यो चलचित्रमा काम गर्नका लागि डेढ बर्षदेखि आफूले मिहिनेत गरिरहेको नव–कलाकार शुसिल उप्रेतीले बताए ।

ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहे अनुसारको अभिनय गर्न लागिपरेको बताए । यस्तै अर्का कलाकार प्रशान्त ताम्राकारले ’मायाङ्क’मा आफ्नो अरु चलचित्रमा भन्दा भिन्न भूमिका रहेको प्रष्ट पारेका थिए । उनले अन्य चलचित्रमा भन्दा भिन्न गेटअपमा आफू देखिने बताए ।

चलचित्रका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशकलाई पूर्ण रुपमा विश्वास गरेको स्पष्ट पारे । यो चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । माघमा चलचित्र रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment