Comments Add Comment

१० वर्ष कान्छा प्रेमीसँग ईंगेजमेन्टको तयारीमा प्रियंका

बलिउड नायिका प्रियंका चोपडा र हलिउड गायक निक जोनसबीचको प्रेम उत्कर्षमा छ । उनीहरुले चाँडै बिहे गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

केही दिनअघि व्वाईफ्रेन्डलाई लिएर प्रियंका भारतमा आएकी थिइन् । उनले आफ्नी आमा मधु र भाई सिद्दार्थसँग निकलाई भेटाइसकेकी छन् । उनीहरु दुवै निकको बारेमा सकारात्मक बनेको बताइएको छ । यसअघि मधुले विदेशी पुरुषलाई छोरी नदिने बताएकी थिइन् ।

प्रियंका र निक गोवाले गोवामा घुमघाम पनि गरे । उनीहरुको साथमा नायिका तथा प्रियंकाकी बहिनी पर्ने परिणिती चोपडा पनि थिइन् । परिणितिले यो घुमाई अत्यन्त स्मरणीय रहेको बताएकी छन् ।

निक तत्कालै प्रियंकासँग लिभ इनमा बस्न चाहन्छन् । यसका लागि उनले प्रियंकालाई प्रस्ताव गरिसकेका छन् ।

यसैको सहमति लिन प्रियंका भारत आएकी हुन् । यद्यपि, कतिपयले चाहिँ उनीहरु चाँडै ईंगेजमेन्टको तयारीमा रहेको बताइरहेका छन् । आउँदो जुलाईमा उनीहरुले ईंगेजमेन्ट गर्न सक्ने उनीहरुको भनाई छ ।

निक प्रियंकाभन्दा १० वर्ष कान्छा हुन् । साथै उनीभन्दा अलिकति होचा पनि छन् । तर, कम्ति ह्यान्डसम भने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment