Comments Add Comment

इंग्ल्याण्ड हारे समर्थक खुसी !

१४ असार, काठमाडौं । विश्वकप दाबेदार मानिएको विजेता जर्मनी दक्षिण कोरियासँग हारेर पहिलो चरणबाटै बाहिरिसकेको छ । अन्य ठूला भनिएका टिमलाई पनि साना भनिएका टिमले राम्रो चुनौती दिइरहेका छन् ।

यस्तोमा इंग्ल्याण्डका समर्थक भने नकआउट चरणको समीकरण हेर्दै समूह ‘जी’ को अन्तिम खेलमा बेल्जियमसँग हार्दा फाइदा कि जित्दा भने बहस गर्दैछन् । इंग्ल्याण्डले जानीजानी हार्नुपर्ने त्यसले अघिल्लो चरणमा सहज हुने एकथरी समर्थकको विचार छ भने अर्काथरी हारले मनोवैज्ञानिक असर पर्ने हुँदा जित्नकै लागि खेल्नुपर्ने धारणा राख्दै छन् ।

अघिल्लो चरणमा जाने टिमको टुंगो लागिसकेको भए पनि बिहीबार राति पौने १२ बजेको खेलले समूह विजेताको टुंगो लाग्नेछ । इंग्ल्याण्ड समर्थकबीच हारजितको फाइदा बेफाइदा बारे सामाजिक सञ्जालमा बहस भइरहे पनि उस्तै अवस्थामा रहेको बेल्जियम समर्थक भने शान्त देखिन्छन् ।

इंग्ल्याण्ड र बेल्जियम ६/६ अंकसहित अघिल्लो चरणमा पुगिसकेका छन् भने ट्युनिसिया र पानामा बाहिरिसकेका छन् । इंग्ल्याण्ड र बेल्जियम दुवैको गोल अन्तर पनि अहिले बराबर छ ।

अन्तिम खेलमा इंग्ल्याण्ड र बेल्जियम बराबरीमा रोकिएमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । अहिलेसम्म इंग्ल्याण्डले दुई तथा बेल्जियमले तीन पहेँलो कार्ड पाएका छन् । अन्तिम खेलपछि दुवैको कार्ड संख्या पनि बराबरी भएमा गोलाप्रथाका आधारमा समूह विजेता छुट्याइने छ ।

इंग्ल्याण्डले जित्दा कोसँग खेल्नुपर्छ ?

अन्तिम १६ – कोलम्बिया, सेनेगल र जापानमध्ये एक

क्वार्टरफाइनल – ब्राजिल र मेक्सिकोमध्ये एक

सेमिफाइनल – उरुग्वे, पोर्चुगल, फ्रान्स र अर्जेन्टिनामध्ये एक

इंग्ल्याण्डले हार्दा कोसँग खेल्नु पर्छ ?

अन्तिम १६ – कोलम्बिया, सेनेगल र जापानमध्ये एक

क्वार्टरफाइनल – स्वीडेन र स्वीट्जरल्याण्डमध्ये एक

सेमीफाइनल – स्पेन, रसिया, क्रोएसिया र डेनमार्कमध्ये एक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment