Comments Add Comment

विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति विस्तार


विश्व नेपाली साहित्य महासंघले आयोजक तथा व्यवस्थापन समिति विस्तार गरी ५७ सदस्यीय बनाएको छ ।

आगामी १२ अगष्टमा अंग्रेजी, नेपाली र हिन्दी भाषाका साहित्यकारहरुको सहभागितामा हुन गइरहेको सम्मेलनलाई सफल पार्न महासंघले व्यवस्थापन समिति विस्तार गरेको हो ।

केन्द्रीय सचिव केदार सुनुवारको संयोजकत्वमा गठित समितिको सह–संयोजकमा विजय हितानलाई चयन गर्दै सदस्यहरु थपेर ५७ पुयाइएको छ ।

केन्द्रीय समितिका पदाधिकारी र सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य साथै युकेमा रहेका सबै शाखाका पदाधिकारी तथा सदस्यलाई आयोजक तथा व्यवस्थापन समितिमा चयन गरिएको आयोजकले जनाएको छ ।

बैठकले विस्तारित समितिमा केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला (युके, सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), सागर श्रेष्ठ (नेपाल), डेन्जाम साम्पाङ (अमेरिका), डा. लेखनाथ काफ्ले (ताईवान), सुनिता राई (इजरायल), हरी शिवाकोटी (क्यानडा), सावित्रा लुईंटेल (ईजरायल), रमेश कँडेल (नेपाल), गोविन्द गौतम (रसिया) लगायतलाई चयन गरेको छ ।

साहित्य महासंघले आफ्नो स्थापनाको ९ औं वार्षिकोत्सव पारेर आउँदो जुलाई ८ का दिन क्यान्टवरी टाउनको चमचम रेष्टुरेष्टमा गीती लेखन विषयक गोष्ठी गर्ने भएको छ । गोष्ठीमा गीत लेखनका शोधकर्ता भावेश भूमरीको प्रशिक्षण रहने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment