Comments Add Comment

गर्मी बढ्नुको एक कारण एयर कन्डिसनर !

‘गर्मी धेरै छ एसी चलाइदिनु न ।’ गर्मी लागेपछि धेरै कार्यलय वा घरमा सुनिने आम वाक्य हो यो ।

चैत बैशाखको अत्यासलाग्दो घाम होस् वा वर्षापछि असार साउनको वषातपछि हुने उकुसमुकुस, यस्तोमा धेरैको लागि प्रिय भएको छ एसी अर्थात एयर कन्डिसनर  ।

एक जमाना थियो जतिखेर कसैको घरमा एसी लगाइएमा उनीहरुलाई धनी भएको चर्चा गरिन्थ्यो तर, अहिले झ्यालबाहिर एसी झुन्ड्याइनु आम कुरा भएको छ ।

अहिले गर्मीले नेपालको तराई मात्रै  होइन पहाडमा पनि सताइरहेको छ यस्तोमा घर, अफिस वा पसलमा एयर कन्डिसनरले नै मानिसहरुलाई गर्मीको तापक्रमबाट राहत दिइरहेको छ ।

के तपाईंलाई यो कुरा थाहा छ ?

ग्लोबल वार्मिङको यो माहौलमा एयर कन्डिसनरको माग लगातार बढीरहेको छ । तर, तपाईलाई थाहा नहुन सक्छ कोठा चिसो बनाउने एसीले दुनिँयालाई भने अझै गर्मी बनाइरहेको छ ।

वास्तवमा एयर कन्डिसनर चलाउदाँ विद्युतको खपत धेरै हुन्छ । यसको अतिरिक्त बिजुलीले हाम्रो पर्यावरणलाई अझै गर्मी बनाउँछ । वातावरण विदहरुका अनुसार सन् २००० पछि १७ मध्ये १६ वर्ष अधिक गर्मी रहेको छ ।

यस्तोमा एयर कन्डिसनरको बढ्दा माग कुनै नयाँ विषय होइन । अन्तराष्ट्रिय एजेन्सीका अनुसार सन् २०५० सम्ममा एयर कन्डिसनर चलाउन आवश्यक हुने विद्युत आजको तुलनामा तीन गुणाले बढ्ने छ ।

यसको मतलब सन् २०५० सम्ममा विश्वभर एयर कन्डिसनरले त्यति बिजुलीको खपत गर्नेछ जति अमेरिका युरोपियन युनियन र जापानमा अहिले कुल विद्युत खपत हुन्छ ।

वैज्ञानिकको नजरमा बिजुली बिना चल्ने एयर कन्डिसनर

वैज्ञानिक र प्रविधिसँग जोडिएका कम्पनीहरुले कुलिङ सिस्टमलाई धेरै प्रभावकारी बनाएर बिजुलीको खपतमा कमी ल्याउने प्रयास गरिरहेका छन् ।

उदाहरणको लागि स्टानफोर्ड विश्वविद्यालयको शोधकर्ताहरुले एक विशेष किसिमको सिस्टम विकास गरेका छन् । जुन अत्याधुनिक सामग्री र नानो फोटोनिक्सबाट बनेको हुन्छ ।

यसमा एक पातलो रिफ्लेक्टिङ म्याटेरियल लगाइएको हुन्छ जसले सूर्यको सिधा प्रकाशमा पनि तातो टाढा फ्याँक्छ ।

परिक्षण गर्दा यो सिस्टममा प्यानल भन्दा तल लगाइएको पाइपमा भरिएको पानीलाई चिसो बनाउने र चिसो पानीले कुनै बिल्डिङमा कुलिङको काम सजिलै गर्न सक्ने कुरा पत्ता लाग्यो ।

यसको लागि बिजुलीको कुनै पनि आवश्यकता पर्दैन । शोधकर्ताहरु यो स्काईकुल सिस्टमलाई बजारमा ल्याउन चाहन्छन् ।

यस्तै फ्लोरिडा विश्वविद्यालय सौर्य उर्जा केन्द्रका डेनी पार्कर साथीहरुसँग मिलेर लामो समयदेखि एयर कन्डिसनर र हिटिङ सिस्टम अझै धेरै प्रभावकारी बनाउने तरिका खोजिरहेका छन् ।

सन् २०१६ मा उनले एक यस्तो यन्त्र पत्ता लगाए जसले पानीलाई वाष्पिकरणको माध्यमले चिसो बनाउँछ । यस यन्त्रलाई पारम्पारिक एयर कन्डिशिनङ युनिटको साथमा जोड्न सकिन्छ जसले कम बिजुलीमा धेरै चिसो हावा दिन्छ ।

शोधकर्ताहरुका अनुसार युरोपेली देशमा यसरी कुलिङ प्रणालीलाई ३० देखि ५० प्रतिशत सम्म राम्रो बनाउन सकिन्छ ।

प्रविधिको क्षेत्रको ठूलो कम्पनी सामसुङले विन्ड फ्रिनामको एक प्रविधि विकास गरेको छ जसले कोठाको तापक्रमलाई कम गरि कोठा चिसो बनाउँछ ।

यसको साथमा बिजुलीको पंखा चलाउने जरुरत नपर्ने सामसुङले जनाएको छ । कम्पनीको अनुसार यो प्रविधि पारम्पारिक एयर कन्डिसनर भन्दा ३२ प्रतिशत फाइदाजनक छ ।

बजारमा पहिले कैयौं सस्तो र कम बिजुली खपत गर्ने एयर कन्डिसनर पाइन्छ जसमा इन्भर्टर लगाइएको हुन्छ ।

उर्जा विशेषज्ञ लैन स्टाफेल भन्छन्, ‘मानिसहरु एयर कन्डिसनरको लागि धेरै पैसा खर्च गर्न चाँहदैनन । चीनमा बिजुली धेरै सस्तो छ त्यसैले उनीहरुलाई बिजुलीको बिलको चिन्ता हुँदैन ।’

यस बाहेक चीनका केही इनर्जी ग्रुपले एयर कन्डिसनरलाई अझै प्रभावकारी बनाइ बिजुलीको खपत कम गर्न खोजेका छन् । अझै पनि हामीले आफ्नो एयर कन्डिसनरको सहि तरिकाले नियन्त्रण गरेर धेरै हदसम्म उर्जा बचाउन सक्छौं । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment