+
+
Shares

पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीन, कैलालीमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते १४:०७

१८ असार, रोल्पा । नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ ।

पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ ।

यसैगरी अविरल वर्षाका कारण कैलालीमा कच्ची घर भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घरमै सुतिरहेको बेला घर भत्किँदा उनी च्यापिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?