Comments Add Comment

स्पेनका समर्थकले स्टेडियममै फेरे रसियाको जर्सी

काठमाडौं । विश्वकपमा आयोजक रसियाले बलियो मानिएको स्पेनलाई टाइब्रेकरमा हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेपछि स्पेनिस फुटबल समर्थक निराश बने ।

स्टेडियममै बसेर खेल हेरिरहेका एक समर्थकले त लगाइरहेको स्पेनको जर्सी फुकालेर रसियाको जर्सी लगाए । खेल रसियाले जित्ने बित्तिकै स्पेनको जर्सी साटेको उनको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।

खेल सकिनु केही अघिसम्म स्पेन स्पेन भनिरहेका उनले खेल सकिँदा रुस रुस भनेर हुटिङ गर्न थाले ।

मस्कोमा भएको खेलमा निर्धारित ९० मिनेट साथै अतिरिक्त ३० मिनेट पनि खेल १–१ को बराबरीमा रोकियो ।

त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । टाइब्रेकरमा रसियाले स्पेनलाई ४–३ ले स्तब्ध बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment