Comments Add Comment

जिल्ला समन्वय समितिको अधिकार थप्ने मन्त्री बास्कोटाको आश्वासन

१८ असार, काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जिल्ला समन्वय समितिको अधिकारी र जिम्मेवारी थप गर्ने तयारी गरिएको बताएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको दोश्रो जिल्ला सभा बैठकको धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बास्कोटाले जिल्ला समन्यव समितिको अधिकार थपेर थप जिम्मेवार बनाउने गरी सरकार अगाडि बढेको बताएका हुन् । ‘अहिले समन्वयको मात्रै काम गरेको छ, आफ्नै खातामा भएको रकमसमेत चलाउन पाएको छैन,’ उनले भने, ‘अब जिल्ला समन्वयले समन्यव मात्रै होइन अनुगमन र जिल्ला भरिको विकासको साझेर पनि गर्न पाउने गरी अधिकार थप्नु पर्छ ।’

यस्तै मन्त्री बास्कोटाले विकासका काममा यो वा त्यो पार्टी नभनी एक हुनु पर्नेमा जोड दिएका छन् । सरकारले सूचना प्रविधिको विकास गर्दै अब जनतासँगलाई सूचित गर्न निःशुल्क स्थानीय तहमा सूचनाको एप्स सञ्चालनमा ल्याइने तयारी गरिरहेको जानकारी दिए ।

काय्रक्रममा प्रदेश राजधानी काभ्रे हुनुपर्ने माग गरिएको थियो । जिल्लाको प्रकृतिक सम्पदाको संरक्षण, विकट क्षेत्रमा सडक सञ्जाल सदरमुकामसम्म जोड्न सके पर्यटकीय स्थलका रुपमा विकास हुनेमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment