१८ असार, पोखरा । प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।
प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् ।
त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।
प्रदेशको नाम भने तोकिएको छैन । भोलि र पर्सि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4