News Summary
Generated by OK AI. Editorially reviewed.- बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा लुटपाटमा संलग्न कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
- प्रहरीलाई खुकुरी प्रहारको प्रयास गरेपछि आत्मरक्षाका लागि तीन राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ ।
- गोली प्रहारबाट घाइते तामाङको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
१७ साउन, काठमाडौं । लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्मा तामाङ नाम गरेका व्यक्ति छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटी उनी फरार भएका थिए । शनिबार राति साढे १० बजेतिर पक्राउ गर्न खोज्दा प्रहरीलाई नै खुकुरी आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तीन राउण्ड गोल चलाएर उनलाई पक्राउ गरेको दाबी गरेको छ । उनीबाट खुकुरी समेत बरामद भएको छ । गोली प्रहारबाट घाइते कर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4