Comments Add Comment

गुल्मीमा फेरि अर्काे शव भेटियो

१९ असार, गुल्मी । गुल्मीमा एक जना बृद्धको शव फेला परेको छ । छत्रकोट गाउँपालिका वडा नम्बर २ कोठडाँडा घर भएका ६३ वर्षका मानबहादुर परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

परियारको शव गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ बिरवासस्थित तिलादी सामुदायिक वनमा फेला परेको हो ।

असार १५ गते शुक्रबार घरबाट सम्पर्कबिहीन भएका परियार भिरबाट लडेर मृत्यु भएको हँुनसक्ने प्रहरी उपरीक्षक द्धिबेदीले बताए । परियारको शवलाई पोष्टमार्टमको लागि तम्घास अस्पताल ल्याइएको छ ।

यसै महिना गुल्मीमा तीनवटा शव भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment