Comments Add Comment

के बलिउडमा डेब्यूको तयारीमा छिन् शाहरुखकी छोरी ?


बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना अहिले अत्यधिक चर्चामा छिन् । उनका हरेक गतिविधिहरु भारतीय मिडियाका लागि समाचार बनिरहेका छन् ।

सुहानाले चाँडै बलिउड डेब्यू गर्ने अनुमान गरिएको छ । तर, कहिले भन्ने चाहिँ कसैलाई थाहा छैन । तर, उनको पछिल्लो क्रियाकलाप हेर्दा एक वर्षभित्रै डेब्यूको तयारी गरिरहेको देखिन्छ ।

सुहानाले हालै एउटा म्यागजिनको कभरका लागि फोटोसुट गराएकी छन् । यो उनको पहिलो फोटोसुट हो । यसअघि श्रीदेवीकी छोरी जान्भीले पनि फिल्ममा आउनुभन्दा अगाडि म्यागजिन कभरका लागि फोटोसुट गराएकी थिइन् । जान्भीको सिको गर्दै सुहानाले फिल्ममा आउन बाटो बनाउन खोजेको अड्कल काटिएको छ ।

सुुहाना फिल्ममा आउन चाहिन् भने कुनै आइतबार पर्खिनुपर्ने छैन । उनलाई हिराइन बनाउन चर्चित निर्माता-निर्देशकहरु इच्छुक छन् । उनी त्यति राम्री नभए पनि शाहरुखको छोरी भएकैल धेरैेल उनीमाथि पैसा हाल्न चाहन्छन् ।

यदि सुहानाले फिल्ममा चाँडै डेब्यू गरिन् भने त्यो निर्माता-निर्देशक करण जौहरको फिल्मबाट हुन सक्ने सम्भाबना बढि छ । करण सँधै स्टारकिड्सलाई डेब्यू गराउन लालायित रहने निर्देशक हुन् । त्यसमाथि शाहरुखसित उनको सम्वन्ध खास छ ।

शाहरुखले पहिल्यै एक अन्तरवार्तामा आफ्नी छोरी फिल्ममा आउन इच्छुक रहेको बताएका थिए । उनले छोरीको करिअर बनाउन आफूले सहयोग गर्ने पनि बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment