२० असार, काठमाडौं । काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाइने सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस र उसकाे भातृ संगठनहरुले विरोध प्रदर्शन गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको थियो । त्यसमा माइतीघर र रत्नपार्क परेको थिएन । कांग्रेसले माइतीघरमा सभा र प्रदर्शन गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी भएका थिए ।
प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् ।
हेर्नुस् भिडियो
प्रतिक्रिया 4