+
+

मप विश्वविद्यालयमा इन्जिनियरिङका विद्यार्थीको आमरण अनसन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १३:०३

२१ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले आमरण असन सुरु गरेका छन् ।

विभिन्न ७ बुँदे माग राखेर २० दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले माग पूरा नभएपछि बुधबारदेखि अनसन सुरु गरेको हो ।

विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ विषयको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।

यस्तै प्रयोगात्मक कक्षा पूर्ण रुपमा सञ्चालन गरिनुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था हुनुपर्ने, लाइब्रेरीमा पुस्तक व्यवस्था गर्नुपर्ने, विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग राखिएको आन्दोलनरत विद्यार्थी सुवास काफ्लेले जानकारी दिए ।

दैनिक कक्षामा संचालनका क्रममा आवश्यक पर्ने कुराहरुको माग गर्दा समेत विश्वविद्यालय पदाधिकारीहरुले कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले अनसन सुरु गरेको बताएका छन् ।

यसअघिको आन्दोलनका क्रममा विद्यार्थीहरुलाई विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर धरपकड गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?