Comments Add Comment

बाहिर हट, पोष्टरमा सफ्ट सिवानी


चलचित्रको ट्रेलर, गीत रिलिज गरिसकेपछि पोष्टर रिलिज गर्दा त्यसले खासै अर्थ राख्दैन । किनकी, पोष्टर चलचित्रको फस्टलुक हो जसले चलचित्र कस्तो बनाउन खोजिएको छ भन्ने बोल्छ । तर, नेपालमा अहिले चलचित्रको सम्पूर्ण दृश्य साम्रागी सार्वजनिक गरेपछि पोष्टर रिलिज गर्ने अनौठो शैली देखिन थालेको छ ।

श्रावण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहिँ कतै’को निर्माणपक्षले पनि गीत, ट्रेलरपछि पोष्टर रिलिज गरेको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार दीलिप रायमाझीको साथमा नव-कलाकारद्धय सिवानी गिरी र सोनम बरफुङ्गपलाई प्रमुख स्थान दिइएको छ ।

चलचित्रमा किशोर खतिवडा र उमा बेबीको पनि अभिनय हेर्न सकिन्छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जीसीको सम्पादन, रोशन श्रेष्ठको एक्सन, सचिन सिंह र लक्की सिटौलाको संगीत चलचित्रमा छ । सविर श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई उमा बेबीले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment