Comments Add Comment

‘बाबु कान्छा’का लागि चितवन पुगे सलोन र करिश्मा


नायक सलोन बस्नेतले चलचित्र ‘बाबु कान्छा’ स-परिवार हेर्न मिल्ने चलचित्र भएको बताएका छन् । चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्य नायक बस्नेतले भने-‘बाल कलाकारको रुप्मा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकाले कोही पनि दोधारमा नपरुन् भनेर चलचित्रको ट्रेलरमा नेपाली बाबुको दृश्य राखिएको हो । चलचित्रका लागि हामीले निकै मिहिनेत गरेका छौ, दर्शकले रुचाउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

यस्तै, चलचित्रकी नायिका करिश्मा श्रेष्ठले भनिन्-‘चलचित्रमा मेरो भूमिका सामान्य यूवतीको छ, जो आफ्नो जीवनमा केही काम गर्न चाहन्छिन् ।’ करिश्माले निर्देशक तथा निर्माता शोभित बस्नेतले अफर गरेका कारण आफूले चलचित्रमा काम गरेको बताइन् । चलचित्रको पोष्ट प्रोडक्शनको काम नसकिएकाले निर्देशक बस्नेत मोफसल दौडमा सहभागी हुन सकेनन् ।

चलचित्रमा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, करिश्मा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा छन् । चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment