Comments Add Comment

दयाहाङ भन्छन्-‘भैरेको कथा मनपरेकाले छाड्नै सकिनँ’


नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको चलचित्र ‘भैरे’ साउन ४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दया उत्साहित पनि छन् । हरेक हप्ता नयाँ नयाँ चलचित्र रिलिज हुँदा दयाका फ्यान वाक्क बनेका थिए । तर, ‘भैरे’ दयाको यस बर्षको दोश्रो रिलिज हो ।

सामाजिक कथामा तयार भएको यो चलचित्रलाई दया पूर्ण रुपमा व्यवसायिक चलचित्र बन्न चाहन्छन् । उनले भने-‘भैरेको कथा निकै मनपरेकाले छाड्न सकिनँ । यो मेरो टाइपको चलचित्र हो ।’

चलचित्रले दर्शकलाई सोच्न वाध्य नबनाएपनि मनोरञ्जनको खुराक भने दिने उनको भनाई छ । उनले भने-‘मेरो करिअरकै फरक चलचित्र हो त भन्दिनँ । तर, मेकिङको हिसाबबाट यो फरक छ ।’ एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो चलचित्रले व्यवसायिक रुपमा पनि सफलता हात पार्ने दयाको दाबी छ ।

प्रेमप्रसाद पौडेल र देविमाया अधिकारी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा दयाको साथमा सुनिल थापा, बुद्दि तामाङ, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment