Comments Add Comment

आगामी वर्षमा एक लाख युवालाई रोजगारीः मन्त्री विष्ट

२५ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच पुर्‍याइने बताए ।

उनकाअनुसार स्थानीय तहमा खोलिदे रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । त्यसको निश्चित समयमा सरकारले उनीहरुलाई रोजगारीको अवसरहरु दिनेछ ।

रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संकेत गर्दै श्रममन्त्री विष्टले भने, ‘नभए सरकारले आफ्दो दायित्व पुरा गर्छ ।’

आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए ।

रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको उनले बताए ।

रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको मन्त्री विष्टले बताए ।

आफूले मन्त्रालय सम्हालेको करिव ३ महिनामा डेेढ दर्जन सुधारका कामहरु अघि बढेको र अब त्यसले थप तीव्रता पाउने उनले बताए ।

मलेसियामा रोजगारीमा जानेहरुमाथि ठगी गर्नेहरुलाई सरकारले थालेको कारबाही जारी राख्दै भन्दै उनले भने, ‘वेथितिको राजलाई साक्षी बसेर सरकारले टुलुटुलु हेरेर बस्दैन । बस्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment