+
+

मजदुरको न्यूनतम तलब तोकियो, साउनदेखि १३ हजार ४५०

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १२:३२

२५ असार, काठमाडौं । सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५०  रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथठा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ ।

यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।

यसअघिको तथ्यमा त्रुटी भएकाले सच्याइएको छ (सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?