२५ असार, काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि श्रेष्ठ ८ पुस्तकको नाम सार्वजनिक गरेको छ ।
२०७४ सालभरी पुरस्कारका लागि गुठीमा प्राप्त २५३ कृतिमध्येबाट ८ वटा छनोट गरी नाम सार्वजनिक गरेको हो ।
जसमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइयाँ, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाकी योगमाया, राज माङलाकको लिम्बुनी गाउँ र मोहन वैद्य किरणको हिमाली दर्शन रहेका छन् ।
मदन पुरस्कार गुठीले यी ८ मध्ये एक पुस्तकलाई मदन पुरस्कार प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4