Comments Add Comment

साम्पाओलीलाई यु-२० टिमको जिम्मा, के होला भविष्य ?


२६ असार, काठमाडौं । विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको अर्जेन्टिनी टिमका प्रशिक्षक जर्ज साम्पाओलीको भविष्यका बारेमा जुलाईको अन्त्यमा निर्णय हुने भएको छ ।

विश्वकपको अन्तिम १६ को खेलमा फ्रान्ससँग ४-३ ले पराजित भएर अर्जेन्टिना घर फर्किएको हो । गएको ब्राजिल विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनी टिमबाट यसपटक पनि राम्रो हुने आश राखिएको थियो ।

साम्पाओलीले जुलाई २८ देखि स्पेनमा हुने २० वर्षमुनिको फुटबल प्रतियोगिताका लागि टिम सम्हाल्दै छन् ।

अर्जेन्टिनाले अब आउँदो सेप्टेम्बरमा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल पनि खेल्दै छ ।

साम्पाओलीले सोमबार अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) का अध्यक्ष क्लाउडिओ टपिया र उपाध्यक्ष ड्यानिएल एन्जेलिकीलाई भेटेका छन् । भेटले साम्पाओलीलाई २० वर्षमुनिको टिमको जिम्मा दिने सहमति भएको हो ।

एएफएले साम्पाओलीको भविष्यका बारेमा निर्णय गर्न जुलाईको अन्त्यमा थप छलफल गर्नेछ । चिलीका पूर्व प्रशिक्षक साम्पाओलीले सन् २०१७ को मे महिनादेखि अर्जेन्टिनाको जिम्मा लिएका थिए ।

साम्पाओली प्रशिक्षक बनेपछिको १५ खेलमा अर्जेन्टिनाले सातमा जित, चारमा बराबरी गरेको थियो भने चार खेल हारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment