Comments Add Comment

रसियन प्रशिक्षकको समर्थन बेल्जियमलाई, भन्छन् – फ्रान्सलाई हराउँछ

२६ असार, काठमाडौं । रसियाका प्रशिक्षक स्टानिस्लाभ चेर्चेस्वोभले विश्वकपमा रसिया क्वार्टरफाइनलबाट बाहिरिएकाले अब आफ्नो समर्थन बेल्जियमलाई रहने बताएका छन् ।

विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनलका खेल हुँदै छन् । राति पौने १२ बजे हुने पहिलो सेमिफाइनलमा बेल्जियमले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।

प्रशिक्षक चेर्चेस्वोभले आफ्नो इच्छा बेल्जियमले सेमिफाइनल मात्रै नभएर विश्वकपको उपाधि नै उचालोस् भन्ने रहेको बताएका छन् । तर रसिया क्वार्टरफाइनलबाटै बाहिरिएकाले बाँकी खेल नहेर्ने योजनामा रहेको उनले बताएका छन् ।

रुसको टेलिभिजन कार्यक्रम ‘टाइम विल टेल’मा यस्तो बताएका हुन् । रसिया क्वार्टरफाइनलमा क्रोएसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा ४-३ ले पराजित भएको थियो ।

उनले सेमिफाइनलमा फ्रान्सलाई बेल्जियमले हराउने विश्वास व्यक्त गरे । ‘म बेल्जियमलाई समर्थन गर्छु । मैलै रोबर्टो मार्टिनेजलाई पनि राम्ररी चिनेको छु । उनी मलाई मन पर्छ’ उनले भने, ‘खेल कस्तो रहृयो भनेर बुझ्न एक प्रशिक्षकका रुपमा म पछि हेर्ने छु । अहिलेका लागि फुटबल समर्थकका लागि हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment