आइतबार, ६ साउन, २०७५
OnlineKhabar.com
Suzuki

रोकिएन ट्रिपर आतंक, ट्राफिकका हाकिम भन्छन्– राति मात्र गुड्न दिऊँ

Suzuki
गौरव पोखरेल

फाइल फोटो

२६ असार, काठमाडौं । भक्तपुर सल्लाघारीका  १८ वर्षीय रोयल सुवेदी मोटरसाइकलको पछाडि बसेर काठमाडौं आउँदै थिए । उनी सवार बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई कोटेश्वरर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले ठक्कर दियो ।

उनको निधन भयो भने मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

३० जेठमा जडिबुटीमै ट्रिपरले ठक्कर दिँदा स्कुटीमा सवार २४ वर्षीय अस्मिता भण्डारीले ज्यान गुमाइन् ।

अमन र अस्मिता मात्र होइन, पछिल्लो समय ट्रिपरको ठक्करबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय सडकमा तीव्र गतिमा हुइँकिने ट्रिपरको आतंक नै देखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा मात्र काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका छन्, जसमध्ये ४० वटामा ट्रिपर संलग्न छन् ।

किन बढ्दैछ ट्रिपर आतंक ?

पछिल्लो समय नेपालमा चौडा सडकलाई विकासको सूचक मान्ने ट्रेन्डको विकास भएको छ । ट्राफिक प्रहरीका अनुसार जहाँ फराकिलो सडक छ, त्यहाँ धेरै दुर्घटना भएका छन् ।

आखिर किन त ? ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त भन्छन्, ‘सडक राम्रो छ भनेर सवारी साधन तीब्र गतिमा हाँकिन्छ । ब्रेकिङ डिस्टेन्स कायम हुँदैन । ट्राफिक रुटलाई वेवास्ता गरिन्छन् । अन्ततः दुर्घटना हुन्छ ।’

तीव्र गतिमा सवारी कुदाउनेमा ट्रिपर नै अगाडि छ । गिटी, बालुवा तथा ढुंगा बोकेका ट्रिपरलाई प्लाटिकले ढाकिएको हुन्छ, यसले देखिने सडकको भाग साँधुरो बनाउँछ । ‘एरिया भिजिवल स्पेस’ कम हुँदा सडक दुर्घटना हुने गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त ।

त्यसमाथि धेरै ट्रिपर चालकहरु ठूलो आवाजमा गीत बनाउँछन् र दायाँबाया हेर्दै नहेरी कुदाउँछन् । यसले सडक दुर्घटना बढाएको ट्राफिक प्रहरीहरु बताउँछन् । एसएसपी वसन्त भन्छन्, ‘सबै दुर्घटनामा ट्रिपरकै दोष हुन्छ भन्न मिन्दैन । तर, साने गाडीहरुको तुलनामा ट्रिपर बढी दुर्घटना हुने गरेको छ ।’

अपरिपक्व चालक

ट्रिपर जोडिएको अधिकांश दुर्घटनामा चालकको अपरिपक्वता र लापर्बाही भेटिएको छ । महाशाखा प्रमुख पन्त भन्छन्, ‘धेरै चालक कम उमेरको देखिएका छन् ।’

कतिपय अवस्थामा चालकहरुमा जनचेतनाको अभाव र राम्रो स्कुलिङ नभएको पनि भेटिएको छ । त्यसैले अब ट्रिपर चालक हुन कम्तिमा २५ वर्ष नाघेको हुनु पर्ने प्रावधान राख्नु पर्ने ट्राफिक प्रहरीको सुझाव छ ।

‘२५ वर्ष नाघेकालाई मात्र ट्रिपर चलाउन अनुमति पत्र दिने भनेर तोकिए दुर्घटना कम हुन सक्छ’, पन्त भन्छन् ।

दुर्घटना बढी हुने क्षेत्रमा राति ८ बजेदेखि ५ बजेसम्म मात्रै ट्रिपरलाई चलाउन दिन सकिन्छ, यसले दुर्घटना कम हुने विश्वास गर्न सकिन्छ

सामधानः दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध

जब दुर्घटना हुन्छ, अक्रोसित भिडले तोडफोड र आजगनी गर्छन् । सडक नै अवरुद्ध भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरी बल नै प्रयोग गर्नु पर्ने अवस्थासम्म आउँछ ।

प्रहरीले चालकलाई कारबाही पनि गर्छ । तर, ट्रिपर दुर्घटना कम भएको छैन, बरु बढ्दो छ ।

आखिर ट्रिपर आतंकको समाधान के त ? अब काठमाडौंको सडकमा गुड्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्था गर्नुको विकल्प नभएको ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ ।

महाशाखाका प्रमुख पन्त दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध लगाउन सकिने बताउँछन् । उनका अनुसार दुर्घटना बढी हुने क्षेत्रमा राति ८ बजेदेखि ५ बजेसम्म मात्रै ट्रिपरलाई चलाउन दिन सकिन्छ । यसले दुर्घटना कम हुने उनको विश्वास छ ।

ट्रिपर आतंकप्रति गृहको चासो

पछिल्ला समय ट्रिपरका कारण भइरहेको दुर्घटनाबारे गृह मन्त्रालयले पनि चासो देखाएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ट्रिपर आतंकमाथि चासो देखाएपछि मन्त्रालयका अधिकारीहरुले ट्राफिक महाशाखामा सोधपुछ गरेका छन् ।

गृह मन्त्रालयले महाशाखाका अधिकारीहरुलाई छलफलमा बोलाउने तयारी गरेका छन्, जहाँ काठमाडौंको ट्राफिक व्यवस्थापनदेखि ट्रिपर आतंकसम्म उठ्ने बताइएको छ । सम्भवतः बुधबार नै प्रहरी र गृहका अधिकारीबीच छलफल गर्ने तयारी छ ।

२०७५ असार २६ गते २२:०८ मा प्रकाशित (२०७५ असार २७ गते १४:४२मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२१ प्रतिकृयाहरू प्राप्त
  • Rabindra Dahal लेख्नुहुन्छ    |   २०७५ असार २६ गते २२:३७

    ट्रिपर आतंक बन्द गर, केहि त सोच अब, चालक लाई हदै सम्मको करबाहि गरियोस । नत्र हामी ठीक पार्छौ /

    61
    5
    Share

  • binit लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ४:००

    yo tripper le kati ko jyaan li sakyo! yasko upachaar kaanuni maatrai huna sakcha. asaabdhani purbak hadai sammako galti garera jyaan liyeko dosh maa jel maa sadaune kaanun na aaye samma yo yastai ho.

    5
    0
    Share

  • Chandra Binayee लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ६:०२

    ट्रिपर आतंकले गर्दा बाटो हिंड्न पनि गाह्रो भयो । कताबाट आएर ज्यानलिने हो थाहा पाउनै गाह्रो।

    10
    0
    Share

  • Krishan Datta Bhatt लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ७:०२

    गृह मन्त्री ज्यू,

    यो ट्रिपर चलाउने हरूलाई साच्चिकै ज्यान मार्ने लाईसेन्स राज्यले दिएकै हो कि जस्तै लाग्नू स्वभाबिक जस्तै भईसकेको छ। यि ज्यानमाराहरूले ज्यान मार्ने र यिनलाई राज्यबाटै अहिले सम्म कूनै पनि कडा कानूनी सजाय दिईएको देखिदैन। नत यसलाई रोक्न कूनै किसीमको कडा कानूनी ब्यबस्था गरिएको छ।

    बेलैमा सोच्दा अरूको पनि ज्यान जोगिन्थयो कि?

    12
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ७:११

    Driver and Law is also the main factor for causing the accident and here every journal has forget about the design of the tripper. Why the particular design type of the tripper is cause of so many accident. Research need to be done on that too about the TATA heavy body tripper. They are not made for public road. If some one is in-front of the tripper, driver can not see the biker over there and run through him due to the big nose design. Driver are not able to put on the brakes at right place.

    Strict speed limit and lane should be maintained for these heavy 16 ton tripper truck. And if they commit the breach of the rule very very strict rule should be imposed on them because they are professional drivers.

    6
    0
    Share

  • Lal Bahadur Jirel लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ९:०५

    २५ बर्ष हैन ३० वा ३२ बर्ष उमेर पुगेका ले मात्र ट्रिपर चलाउन पाउने ब्यवस्था गर्नु पर्छ।

    14
    0
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ९:५०

    नेपालको ट्रीपर आतंक बन्द गर्ने सबै भन्दा उत्तम उपाय भनेको जहाँ ट्रीपरले मान्छे मार्छ त्यहाँ सबैको सहयोगमा ट्रीपर चालकलाई पक्रेर त्यहि ट्रीपरको चक्कामा बाँधेर ट्रीपर सहित आगो लगाए पछि यो आतंक आफै बन्द हुन्छ |

    यस्तो सजाय मैले एकचोटी अफ्रिकी देशको तान्जानिया भने ठाउमा देखेको थिए, त्यहाँ पनि एउटा गाडीले मान्छे किच्यो अनि कसैले अर्को गाडी तेर्साएर त्यो मान्छे किच्ने गाडीको बाटो छेकिदिए अनि नजिकका सबैले चालकलाई समातेर चक्कामा बाँधेर जिउदै आगो लगाए |

    15
    1
    Share

  • Rakesh लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ९:५२

    I think tripper most be run within the valley. It should not allow here till 12 night. Otherwise these kind of accident will never end.

    4
    0
    Share

  • केके लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ९:५८

    मलाई यातायात व्यवस्था कार्यालयमा काम गर्ने एक साथीले भन्थे ट्रिपरका ड्राईभरको ट्रायल हुदैन। सेटिङ्ग मिलाई ट्रनिङ्ग सेन्टरले एक मुष्ट ६०/७० जनाको लाईसेन्स वनाउन ल्याउछ र लाईसेन्स तयार हुन्छ। अनि त्यस्ताले मान्छे नमारे कस्ले मार्छ त।
    ति साथीको भनाईलाई सत्य नमान्ने कारण छैन। किनकी उनी यातायात व्यवस्था कार्यालयमा कार्यारत थिए। त्यस तर्फ कसैले कहिले विचार गर्छ? लालवावु पंडितको यातायात कार्यालय भ्रमण ढोंग मात्र हो । यातायात व्यवस्था कार्यालयमा भएको कलेक्सन माथि सम्म पुग्छ भनिन्छ। अनि त्यो कार्यालयको अनुगमन कस्ले गर्ने?
    अर्को ट्रिपरको ड्राईभरहरुलाई मालिकले टिप अनुसारको रकम दिन्छन अरे जति वढी टिप लायो उति वडी पैसा । त्यसकारण पनि आगेपिछे केही नहेरी ट्रिपर ड्राईभरहरु ट्रिपर हुईक्याउन तल्लिन हुन्छन। साना गाडीहरुलाई यीनीहरु गन्दै गन्दैनन।
    यसरी दुर्घटना हुने प्रत्यक्ष र अप्रत्यक्ष कारणहरु छन। त्यस तर्फ विचार गरिनु पर्छ। ट्राफिकको हाकिम साहेवले भने जस्तो रातीमात्र कुदाउन दिदा पनि दुर्घटनामा कमी आउन सक्छ। तर रात भनेको ड्राईभरले झोल पिउने वेला हो । झोल पिउनमा कडाई नगरे दुर्घटनामा कमीको साटो बढन पनि सक्छ।

    21
    1
    Share

  • anjan khatri लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १०:५८

    यहाँ टिपर आतंक मात्र होईन सार्वजनिक बसले पनि यात्रुलाई आतंक पारी रहेका छन् । बागबजार देखि बोडेसम्म चल्ने बसको ट्राफिक निगरानी गठ्ठाघर देखि बोडेसम्म हुदैन त्यो विचमा मन्छे झुण्डयाएर चाङ लगाई लगाइ सास्तीले यात्रा गर्न विवस छौ बोडेदेखि गठ्ठाघरसम्म बस्ने सर्वसाधारण । सिमित बस चलाएर फुल सिडिकेट चलाई रहेका छन् ब्यवसायीले । लुटतन्त्रमा जनताले तिरेको करबाट सडक सरकारले बाटो बनाउने अनि राजाई ब्यवसायीको ?? यो देशमा सरकार खोई, राज्यको चौथो अंग के हेर्दै छ । दिनदहाडै जनतालाई दुःख दिदा पनि ।

    7
    0
    Share

  • rkmnepal लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ११:०१

    सहि कुराे टिपरहरूलाइ राती १० बजे देखि विहान ५ बजेसम्म चलाउन पाउने व्यवस्था गरे धेरै हदसम्म दुर्घटना कम हुन्छ । यिनिहरूले ज्यान मार्ने र यिनलाई राज्यबाटै अहिले सम्म कूनै पनि कडा कानूनी सजाय दिईएको देखिदैन। नत यसलाई रोक्न कूनै किसीमको कडा कानूनी ब्यबस्था गरिएको छ।

    4
    0
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ११:०७

    ट्रिपर लगायतका ह्याभी भेहिकलको ड्राइभिंग लाइसेंस वितरणमा ठुलो भ्रष्ट्राचार रहेको कुरा सत्य हो, एउटा लाइसेंस पचास हजारमा पाइन्छ भनेको एक जना ड्राइभरले नै सुनाउथ्यो यस्ता विकृतिले नै हो दुर्घटना निम्त्याउने |
    विकृति हटाउन ध्यान छैन सडक चौडा भएकोले दुर्घटना बढेको भन्ने जस्ता हास्यास्पद कुतर्क गर्ने देख्दा बिरक्त लाग्छ |

    7
    0
    Share

  • अनिल कर्ण लेख्नुहुन्छ    |   २०७५ असार २७ गते ११:३०

    सब भन्दा राम्रो चालकको उम्र परिक्व हुनु पर्ने र साथै राज्यपक्षले यस्तो सवारी साधनको गति नियंत्रणको साथै कार्यालय/विद्यालय को बेला निषेध गर्नु पर्ने !!

    4
    0
    Share

  • राम प्रसाद खनाल लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १२:०२

    लापरबाहि तरिकाले कुदाउने टिपर चालकलाइ ठुलो समुह मिलेर कुटेर ढुट्टो बनाइनु पर्छ १० पन्ध्र ठाउँमा, त्यसले नपुगे ज्यान मारा लाइ तत्काल बासिन्दाले सजाय यमराज सम्म पुग्ने दिए पछि मात्र बाकी रहेको टिपर चालकको चेत खुल्छ, मनमा डर नपसि ज्यानमाराहरुको स्पिडमा ब्रेक लाग्ने छैन, यमराज जिन्दावाद

    7
    1
    Share

  • surendra लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १२:२७

    Tripper drivers age should not less than 40 years and 21:00 PM to 05:00 AM time allow will be better.

    2
    0
    Share

  • John Lamba लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १५:२८

    Causalities and accidents are normal in our country. This is mainly due to poor implementation of traffic rules. who cares the rules? The road belongs to me? I am free to drive according to my rules. I think we have abolish these perceptions. Speed limit, heavy fine against the rules breaker, maintaining traffic signs in prone accident areas, use of traffic lights, regular servicing of vehicles, etc. could reduce the number of accidents and accordingly the casualties as well.

    2
    0
    Share

  • asesh लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १६:५५

    diuso heavy traffice ma ta tyesari rough chalauchan jhan rati ta udauchan ta solti haru le. ki tipper lai nepal ma band nai garnu paryo ki 20 km bhanda badi speed ma chalaunai dina bhayen. ki janta le durghatna garyo ki karbahi garnu paryo.

    3
    0
    Share

  • राम लेख्नुहुन्छ    |   २०७५ असार २७ गते २०:४६

    दिनमा चल्ने टिपरलाई आतंककारी घोषणा गरियोस् सरकार ।

    4
    0
    Share

  • िदपेश लेख्नुहुन्छ    |   २०७५ असार २९ गते १२:३६

    याे आतंक बन्द गर्ने सबै भन्दा उत्तम उपाय भनेको जहाँ ट्रीपरले मान्छे मार्छ त्यहाँ सबैको सहयोगमा ट्रीपर चालकलाई पक्रेर त्यहि ट्रीपरको चक्कामा बाँधेर ट्रीपर सहित आगो लगाए पछि यो आतंक आफै बन्द हुन्छ ।

    3
    0
    Share

  • gobinda raut लेख्नुहुन्छ    |   २०७५ असार ३२ गते १४:४३

    रातीमात्र टिफर चलाउन गरेको सरकारको निर्णय स्वागत योग्य छ।

    0
    0
    Share

  • Rajendra Pandey लेख्नुहुन्छ    |   २०७५ असार ३२ गते २१:५२

    यो देशमा मुर्ख हरु को कानुन र नियम चलि रहेको छ I टिप्पर लाई राति मात्र चल्न दिनु कुनै समस्या को समाधान होइन I अनि राति पनि त मान्छे हरु हिड्छन नि होइनर ? टिप्पर ले राति मा पनि त आतंक मच्चाउन सक्छ नि होइनर ? तेस्को सट्टा कडा कानुन वा नियम बनाउन किन सक्दैन सरकार ?
    उपाय: यदि टिप्पर ले हानेर घाइते बनाउछ भने घाइतेको अवस्था हेरेर २ देखि १० लाख सम्मको जरिवाना डाइबर लाई तिराउने यदि तिर्न सक्दैन भने त्यसै अनुसार को जेल सजाय दिने I यदि टिप्पर ले हानेर मार्छ भने डाइबर लाई १० लाख जरिवाना अनि १० बर्ष जेल सजाय अनिबार्य रुपमा गराउने अनि १० लाख तिर्न सक्दैन भने अर्को ५ बर्ष थपेर जेल मा जाकि दिने हो भने यो समस्या को समाधान हुञ्छ I

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this